४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


दसैंका लागि २५ ठाउँबाट नयाँ नोट साटिने


३ आश्विन २०७६, शुक्रबार  

0
Shares

 

३ असोज ०७६, ललितपुर।  दसैंका लागि राष्ट्र बैंकले एक सूचना जारी गर्दै १० गतेदेखि १७ गते सम्म नोट सटही हुने जानकारी दिएको हो। राष्ट्र बैंकका अनुसार उपत्यकाबाहिर बिराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका राष्ट्र बैंक कार्यालयबाट नयाँ नोट सटही हुनेछ।

त्यस्तै राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारबाट पनि नयाँ नोट सटही हुनेछ। प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट सटही हुनेछ। ५, १०, २०, ५० र १ सयका नयाँ नोट वितरण हुनेछ। त्योबाहेक आफूसँग भएको पुराना नोटको साटो सुकिला नोट सटही  गर्न सकिने ब्यवस्था  गरेकाे छ।

राष्ट्र बैंकको बालुवाटार कार्यालयसहित उपत्यकाका २५ ठाउँबाट नयाँ नोट सटही हुनेछ। साथै नोटमा केरमेट तथा रङ लगाउने काम नगर्न राष्ट्र बैंकले सबै नागिरकहरूमा अनुराेध गरेको छ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ७ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।