३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सानिमाको २१ प्रतिशत आम्दानी बाड्न साधारण सभा


७ आश्विन २०७६, मंगलबार  

0
Shares


७ असोज ०७६, ललितपुर । सानिमा बैंकले गतबर्षको आम्दानी आफ्ना शेयर धनिलाई २१ प्रतिशत आन्दानी बाड्नका लागि साधारण सभा बोलाएको छ । बैंकले यही असोज २९ गते बुधबारका दिन नक्साल व्याकेटमा साधारण सभा हुने सूचना जारी गरेको हो ।
सूचना अनुसार १० प्रतिशत बोनस शेयर र त्यसका लागि लाग्ने कर सहित ११.०५ लाभाशं दिने प्रस्ताव पारितका लागि यो साधारण सभा बोलाइएको हो ।
८ अर्ब १२ लाख चुक्ता पूँजी सानिमा बैंकको ८० करोड १ लाख रुपैयाँको बोनस मार्फत शेयर थप्ने भएको हो । साधारण सभाले बोनस शेयर पारित गरेपछि सानिमा बैकको चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख पुग्नेछ । बैंक मर्जमा जान इच्छुक रहेको र मर्जमा जाने योजना रहेको बताइएको छ ।
साधारण सभाका लागि यही असोज १३ गते बुक क्लोज हुने हुँदा त्यसअधि कायम शेयरधनीले मात्रै शेयर पाउनेछन् ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ५ : ३५ बजे