५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


बागमती प्रदेश : दुई विधेयक प्रमाणीकरण




हेटौडा
१९ फागुन । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दुईवटा विधेयक प्रमाणीकरण गरेका छन् । उनले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।
बागमती प्रदेशसभाको यही फागुन १४ मा बसेको बैठकले यी दुई विधेयक पारित गरी सभामुखबाट नेपालको संविधानको धारा २०१ को उपधारा (१) बमोजिम प्रमाणित गरी प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पेस भएपश्चात प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका ेप्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईँले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  १ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।