२४ चैत्र ०७८,काठमाडौँ । नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको विप्रेषण आप्रवाहमा भइरहेको सङ्कुचन न्यूनीकरण गरी बढीभन्दा बढी विप्रेषण भित्र्याउन प्रोत्साहन गर्ने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न प्रस्ताव राखेको छ । अर्थ मन्त्रालयमा आज आयोजित सरोकारवालाको बैठकमा श्रममन्त्री कृष्णकुमार श्रेष्ठले विप्रेषण आप्रवाहको वृद्धि र औपचारिक माध्यमबाट विप्रेषण ल्याउन सरकारले चाल्नुपर्ने कदमबारे विभिन्न प्रस्ताव…