२८ पुस ०७८,भक्तपुर । कृषि मल तथा बीउविजन बिक्रीमा कृषि सहकारी तथा व्यवसायीले मनोमानी मूल्य लिएपछि किसान मर्कामा परेका छन् । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वले आज मल तथा बीउविजन पसलमा गरेको अनुगमनका क्रममा व्यवसायीले मनोमानी मूल्य लिएर बिक्री गरिरहेको पाइएको हो । समितिले स्थानीय भुवनेश्वर कृषि सहकारी संस्था, सिद्धि कृषि सहकारी…