काठमाडौं । नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँको नयाँ नोट आजदेखि प्रचलनमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै विशेष सुरक्षाविशेषतासहितको नयाँ नोट चलनचल्तीमा ल्याएको हो । साबिककै आकार र रङमा रहेको उक्त नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट १०० रुपैयाँ तुरुन्त पाइनेछ’ भन्ने प्रतिज्ञा मूलक वाक्यांश उल्लेख…