भक्तपुर २५ पुस । केदारनाथको शिर मानिएको डोलेश्वर महादेव मन्दिरमा भारतीय संस्थाहरुको आयोजनामा आजदेखि श्रीमद् भागवत कथा ज्ञान महायज्ञ सुरु भएको छ । भारतको मध्यप्रदेशस्थित श्रीकृष्ण गौशाला, महाराष्ट्रस्थित चैतन्य सेवा आश्रम र गुजरातस्थित माँ कालिधामले संयुक्त रुपमा महायज्ञ आयोजना गरेका हुन् । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको सहयोगमा भारतबाट आएको चैतन्य सेवा…