१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सीतापाइला घटना: छोरालाई बाहिर पठाएर तीन जनाको हत्या गरेका राजुले ससुरालीलाई सूचना दिएर गरे आत्महत्या



९ फागुन । बुधबार बिहान काठमाडौंको नागार्जुन नगरपालिका ६ मा पर्ने सीतापाईलामा मृत फेला परेका तीन जनाको हत्या भएको पत्ता लागेको छ ।

आज बिहान सीतापाईलामा सोलुखुम्बु घर भई सीतापाइलामा ज्याला मजदुरी गरेर बसेकी ३८ वर्षीय इश्वरी श्रेष्ठसहित उनकी ८ वर्षिय छोरी अनिशा श्रेष्ठ र २ वर्षकी नातिनी शिवानी श्रेष्ठको शव फेला परेको थियो भने घटनाको केही समयपछि सीतापाईला नजिकै रहेको जंगलमा ईश्वरीका श्रीमामन राजु भनिने काजी विश्वकर्मा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

प्रहरीका अनुसार राजुले तीन जनाको हत्या गरेर आफूले पनि आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष निक्लिएको छ । एक प्रहरी अधिकृतका अनुसार ईश्वरीले राजूसँग दोस्रो बिवाह गरेकी थिईन् । शिवानी ईश्वरीको पहिलो श्रीमानतर्फकी नातिनी रहेको खुल्न आएको प्रहरी जनाएको छ ।

घटनामा कुनैपनि ठूलो कारण नदेखिएको प्रहरीको भनाईछ । मृत फेला परेका राजू भनिने काजीले आफ्नो तर्फका एक छोरालाई भने पैसा लिएर आउने बाहनामा घर बाहिर पठाएर अरु तीन जनाको हत्या गरेको प्रहरीको भनाइ छ । हत्या गरेपछि उनले ससुरालीमा सालोलाई फोन गरेर घटनाबारे जानकारी गराएको र आफूले पनि आत्महत्या गरेको प्रहरीको भनाइ छ ।

काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुगेर अनुसन्धान जारी राखेको छ ।

 

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ११ : ०८ बजे