पाटन प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल भारी मतका साथ विजयी भएका छन् । ललितपुर क्षेत्र नं २ का निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीका अनुसार खरेलले ३९ हजार ९ सय ४१ मत प्राप्त गरी उनी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले…