चापागाँउ पछिल्लो समय नेपाली सेना व्यारेकबाट बाहिर आएर नागरिकसँग घुलमिल गर्न विविध कृयाकलाप गरिरहेको पाइन्छ । ललितपुरको लेले सानो भैसेमा ब्यारेकमा तैनाथ श्री बटुकदल गणले दक्षिण ललितपुरको घुसेल पुगेर विद्यार्थीहरुबीच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । सैनिक श्रोतले दिएको जानकारी अनुसार संरक्षण तथा राष्ट्रिय एकताको भावना जागृत गर्न सो कार्यक्रम सञ्चालन गरिएको हो…