७ भदौ ०७६, काठमाडौं । नेपाल शिन क्योकुशिन कराँते संघले संघका सचिव अजय महर्जनलाई उक्त पदबाट मुक्त गरिएको स्पष्ट पारेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले यस्तो जानकारी गराएको हो । महर्जनले संघको विधानअनुरुप काम नगरेको, संघको लेटरप्याड तथा छापको दुरुपयोग गरेको, अवैधानिक रुपमा सञ्चालित गुर्जुधारा शाखा दोजोलाई प्रतियोगिता सञ्चालन गर्न…