५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


शहिद स्मारक ए डिभिजन लिगको उपाधि मच्छिन्द्रलाई


३ फाल्गुन २०७६, शनिबार  

0
Shares

३ फाल्गुन ०७६ काठमाडौं । यो बर्षको शहिद स्मारक ए डिभिजन लिगकोे उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । अन्तिम खेलमा जित्नैपर्ने दबाबसहित मैदानमा उत्रिएको मछिन्द्रले त्रिभुवन आर्मी क्लबलाई १–० ले हराएर उपाधि जितेको हो ।

त्यस्तैगरि मछिन्द्रले आत्मघाती गोल उपहार पाएर उपाधि पोल्टामा पार्न सुनिश्चित गरेको हो । आर्मीका विकास तामाङले ३४ औं मिनेटमा आत्मघाती गोल गरेका थिए । मछिन्द्र १३ खेलमा ३१ अंकसहित शहीद स्मारक लिगको च्याम्पियन बन्न सफल भएको हो ।

अन्तिम खेलमा बराबरी गरेता पनि उपाधि जित्न सक्ने अवस्था रहेपनि आर्मीले बराबरी गोल फर्काउन नसक्दा उपाधि गुमाउन पुगेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ९ : ०९ बजे