काठमाडौं । आज साउने सङ्क्रान्तिको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। साउन महिनाभरि विशेष पूजाआजा गरिने पशुपतिनाथ मन्दिरमा आज श्रद्धालुहरू पूजाआजा तथा दर्शनका लागि लामबद्ध भएका छन्। श्रावण महिनालाई भगवान् शिवको प्रिय महिना मानिन्छ। विशेषतः साउने सोमबार र साउने सङ्क्रान्तिको दिन शिवालयहरूमा भक्तजनको उल्लेखनीय भीड लाग्ने चलन रहिआएको छ। धार्मिक विश्वासअनुसार…