५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नक्कली सुन देखाई ठगी गर्ने दुई जना भक्तपुरबाट पक्राउ



भक्तपुर । भक्तपुरमा नक्कली सुन देखाई ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ घर भई मध्यपुर थिमी नगरपालिका–८ बोडे बस्ने २८ वर्षीय बुद्धी बहादुर तामाङ र नुवाकोट घर भई चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने २२ वर्षीय सुमन तामाङ रहेका छन्।

उनीहरूले नक्कली सुन देखाई प्रति तोला १ लाख १० हजार रूपैयाँमा दिन्छु भनेर प्रलोभनमा पारी ठगी गरेका थिए। २०८१ फागुन २५ गते ओखलढुङ्गा घर भई सूर्यविनायक नगरपालिका–६ बस्ने एक व्यक्तिलाई भक्तपुरको इबामोरा चोक नजिक बोलाई १२ लाख रूपैयाँ र २०८२ जेठ २७ गते दोलखा घर भई भक्तपुर राधे राधे बस्ने अर्का व्यक्तिलाई पान्डुबजार नजिक बोलाई ९ लाख ५० हजार रूपैयाँ लिएका थिए।

ठगीपछि फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा भक्तपुरबाट खटिएको टोलीले भक्तपुर जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १३ श्रावण २०८२, सोमबार  ४ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।