काठमाडौँ १५ असार । पशुपति क्षेत्रका बालबालिकालाई राक्षसबाट बचाउने उद्देश्यले मनाउन थालिएको विश्वास गरिने त्रिशूल जात्रा पशुपति क्षेत्रमा सम्पन्न गरिएको छ । प्रत्येक वर्ष आषाढकृष्ण अष्टमीका दिन मनाइने त्रिशूल जात्रा राजा नरेन्द्रदेवको पालामा सुरु भएको भनाइ छ । स्वयम्भू एवं नागार्जुन जङ्गल क्षेत्रमा बस्ने एक राक्षसले प्रत्येक वर्ष पशुपति क्षेत्रबाट बालबालिका लगेर खान थालेपछि स्थानीयवासी…