२ जेठ । कबाडी व्यवसायीहरू काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाले रिङरोड भित्रबाट कबाड व्यवसाय हटाउने निर्णय गरेको विरोधमा कबाड व्यवसायीले आइतबार काठमाडौंको माइतघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । उच्च अदालतले कवाडी व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि महानगरले कवाडी व्यवसायीको टहरामा डोजर चलाएको विरोधमा प्रदर्शनमा उत्रिनु परेको उनीहरुले बताएका छन् ।…