काठमाडौं । न्यूरोडबाट २० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका २४ जुद्दसालिक नजिकबाट उक्त रकमसहित एक जनालाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरले जनाएकाे छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ पताली घर भइ हाल काठमाडौँको पेप्सीकोला बस्ने २४ वर्षका संजय बस्नेत रहेका छन्।
उनको साथबाट प्रहरीले २० लाख २९ हजार ६२० रुपैयाँ बरामद गरेको छ। एक हजार दरका १७७९ थान पाँच सय दरका ५०१ थान, सयको एक थान र २० रुपैयाँको एउटा नोट बरामद गरेको हो। बस्नेतको साथबाट प्रहरीले हस्ताक्षर भइसकेका र खालि गरी ३० वटा चेक पनि बरामद गरेको छ।
प्रतिक्रिया