१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


न्युरोडबाट २० लाख रुपैयाँसहित एकजना पक्राउ



काठमाडौं । न्यूरोडबाट २० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका २४ जुद्दसालिक नजिकबाट उक्त रकमसहित एक जनालाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरले जनाएकाे छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ पताली घर भइ हाल काठमाडौँको पेप्सीकोला बस्ने २४ वर्षका संजय बस्नेत रहेका छन्।

उनको साथबाट प्रहरीले २० लाख २९ हजार ६२० रुपैयाँ बरामद गरेको छ। एक हजार दरका १७७९ थान पाँच सय दरका ५०१ थान, सयको एक थान र २० रुपैयाँको एउटा नोट बरामद गरेको हो। बस्नेतको साथबाट प्रहरीले हस्ताक्षर भइसकेका र खालि गरी ३० वटा चेक पनि बरामद गरेको छ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०८२, आइतबार  ९ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।