काठमाडौं । हेटौंडामा झण्डै १ लाख रूपैयाँबराबरको नक्कली नोटसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा–८ का रामकृष्ण अधिकारी रहेको छन्। प्रहरीले उनको साथबाट ५ सय रुपैयाँका १८६ थान नक्कली नोट बरामद गरेको छ। मकवानपुर प्रहरीले बिहीबार राति करीब १ बजे पूर्व–पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा अधिकारीलाई पक्राउ गरेको हो। बर्दिबासबाट हेटौंडातर्फ जाँदै गरेको…