काठमाडौं
दक्षिण ललितपुरको छपेलीबाट लागूऔषध सहित दुई युवकहरु पक्राउ परेका छन्
प्रहरीका अनुरा ललितपुरको बागमती गाउँपालिका २ छपेलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ६ ट्याब्लेट र नगद ३५ हजार ३ सय ३० रूपैयाँ सहित २ युवालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका–८ घर भएका ३१ वर्षीय विकेश स्याङ्तान र सोही गाउँपालिका–४ घर भएका ३२ वर्षीय दिनेश बहादुर बोम्जन रहेका छन् ।
प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले मकवानपुरबाट ललितपुरतर्फ आउँदै गरेको बा.८० प ३३६० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।
प्रतिक्रिया