काठमाडौं । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरस्थ्ति एभरेस्ट अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । अस्पतालबाट उत्पादन भएको हानिकारक फोहोरको उचित व्यवस्थापन नभएपछि काठमाडौं महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७ बमोजिम जरिवानापत्र पठाइएको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिइन् । ऐनबमोजिम रासायनिक फोहोरमैला, औद्योगिक फोहोरमैला, स्वास्थ्य संस्थाजन्य फोहोरमैला, जोखिमपूर्ण फोहोरमैला वा हानिकारक…