काठमाडौं । काठमाडाैंकाे सडकमा गुडिरहेका ५९९ वटा सवारीसाधनको प्रदुषण परीक्षण गर्दा ३४५ वटाले धुँवा उत्सर्जन मापदण्ड पालना नगरेको फेला परेको छ । काठमाडौं महानगरपालिकाले केही समययता गर्दै आएको परीक्षणमा ५८ प्रतिशत सवारीसाधन धुँवा उत्सर्जनमा फेल भएका हुन् । परीक्षण गरिएका पेट्रोलबाट चल्ने १४८ वटा सवारी साधनमध्ये २३ वटा फेल भएका छन् । डिजेलबाट चल्ने ४५१…