११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंका यी स्थानमा आज ५ घण्टा बिजुली अवरुद्ध



काठमाडौं । काठमाडौंका दुई दर्जन भन्दा धेरै ठाउँमा आज दिउँसो पाँच घण्टासम्म बिजुली बत्ती जाने भएको छ।

नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भारलगायत कामका लागि आइतबार दिउँसो काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने जानकारी दिएको हो।

प्राधिकरणले सूचना प्रकाशित गर्दै काठमाडौंको सतुंगल र मातातीर्थ फिडर अन्तर्गतका २४ ठाउँमा आइतबार बिहान ११ बजेदेख दिउँसो चार बजेसम्म विद्युत् आपूर्ति कटौती गर्न लागिएको जानकारी दिएको छ।

‘बलम्बु उप वितरण केन्द्र अन्तर्गत मातातीर्थ सबस्टेशनमा रहेको सतुंगल फिडरको सबस्टेसन गेटदेखि बौथलीसम्म बाटो चौडा पार्ने शिलशिलामा पुराना पोलहरुबाट नयाँ पोलमा लाइन तान्नको लागि बिहान ११ बजेदेखि बेलुका चार बजेसम्म विद्युत् आपूर्ति बन्द रहने छ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ।

तोकिएका काम सयमअघि नै सम्पन्न भएमा निर्धारित समयअघि नै बिजुली आउने पनि प्राधिकरणको सूचनामा उल्लेख छ।

प्रकाशित मिति : २३ चैत्र २०८१, आइतबार  ११ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।