१२ मंसिर । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनको लागि काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ र कीर्तिपुर नगरपालिकामा निर्वाचन अनुगमन टोली खटाएको छ। मंसिर २ गतेदेखि लागु भएको आचारसंहिताको पालना भए/नभएकोबारे अनुगमनका लागि आयोगले दुई वटा ठाउँमा छुट्टाछुट्टै टोली परिचालन गरेको सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्। काठमाडौं-१६ मा सहसचिव नारायणप्रसाद सापकोटाको नेतृत्वमा सशस्त्र…