१५ पुस । काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभा गृह परिसरमा पूर्वमेयर पीएल सिंहको पूर्ण कदको सालिक राख्ने भएको छ। काठमाडौं महानगरपालिकाको आइतबार बसेको ३९ औँ कार्यपालिका बैठकले 'नगरपालिकालाई महानगर घोषणा गरेसँगै स्थानीय स्वायत्तता, स्वशासन र सुशासनमा पुर्याएको योगदानको सम्मान'मा उनको सालिक निर्माण गर्ने निर्णय गरेको हो। वि. सं. १९९६ साल चैत ११ गते जन्मिएका सिंहको २०८१…