२२ कात्तिक । शुक्रबारदेखि चैत १८ गतेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुँदैछ। सोहीअनुसार विमानस्थल कार्यालयले उडान तालिका स्वीकृत गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार विमानस्थल सञ्चालनको समय छोट्याउँदा आन्तरिकतर्फ ३५ र अन्तर्राष्ट्रियतर्फ २९ प्रतिशत उडान कटौती हुने निश्चित भएको छ। कार्यालयले स्तरोन्नतिका कारण ‘उडान समय’ छोट्याएको छ।…