४ माघ ०७६, काठमाडौं । बेलुकी साँढे पाँच बजेको समय माघे झरी झम झम परिरहेको छ । राजधानीको मुटु पुरानो बसपार्कमा सार्वजनिक यातायात चढ्न जाने यात्रुको लर्को देखिन्थ्यो । सपनाको शहर काठमाडौँमा पाँच बजेदेखि नै सवारी पाउन मुस्किल हुने अधिकांश यात्रुको गुनासो छ । सार्वजनिक यातायातमा एकाधिकार (सिण्डीकेट) हट्यो भनिए पनि व्यवहारमा यस्तो देखिँदैन ।…