३० कात्तिक । टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो संक्रामक नभएको पुष्टि भएको छ । थाइल्यान्डको ब्यांककमा गरिएको नमुना परीक्षणबाट टुकुचामा भेटिएको जीवाणु पोलियो संक्रामक नभएको पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी मेडिकल प्रमुख लिली श्रेष्ठले जानकारी दिइन् । “टुकुचाखोलामा भेटिएको पोलियो भाइरस सर्यो वा सरेन भन्ने यकिन गर्न हामीले खोलामा मिसाइएको ढल र अन्य ठाउँबाट नमुना…