३० साउन । ‘अक्वा त्रिदेव’ ब्रान्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएपछि काठमाडौं महानगरपालिकाले दुई लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। तारकेश्वर नगरपालिका– १० मा सञ्चालित जाम्बुलिंगा ग्रुप इन्डस्ट्रिजले उत्पादन गरेको पानीमा कोलिफर्म भेटिएको हो। निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार साउन २५ गते गोंगबु क्षेत्रबाट विभिन्न पाँचवटा ब्रान्डका नामबाट उत्पादन भएका २० लिटरका जारबाट…