७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अञ्जली दिदीको सामूहिक भाइटीका



काठमाडौं । २०५५ सालदेखि लगातार सामूहिक भाइटीका कार्यक्रम आयोजना गर्दै आएकी अञ्जली दिदीले यस वर्ष पनि परम्परागत उत्साहका साथ भाइटीका कार्यक्रम आयोजना गरेकी छन्।

अञ्जली दिदीले आफ्नो अभियानको उद्देश्य “कोहीको निधार खाली नहोस्” भन्ने मानवीय भावनासँग जोडिएको बताएकी छन्। उनका अनुसार भाइटीका केवल परम्पराको निरन्तरता मात्र होइन, श्रद्धा, माया र भावनाको साटासाट गरेर मनाइने पारिवारिक उत्सव पनि हो।

उनले भनिन्, “भाइटीका दाजुभाइ र दिदीबहिनीबीचको आत्मीय सम्बन्ध र संस्कृतिको प्रतीक हो। जसको दिदी वा भाइ छैन, उनीहरूको निधार पनि खाली नहोस् भन्ने सोचले हरेक वर्ष सामूहिक भाइटीका आयोजना गर्दै आएकी छु।”

कार्यक्रममा विभिन्न उमेरका युवायुवती, बालबालिका र वृद्धवृद्धाको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले एकअर्कालाई टीका र माला लगाउँदै शुभकामना आदान–प्रदान गरेका थिए।

अञ्जली दिदीले भाइटीका जस्ता संस्कृतिहरूले नेपाली समाजमा पारिवारिक एकता, सद्भाव र प्रेमको सन्देश फैलाउने भन्दै आगामी वर्षहरूमा पनि यो परम्परालाई अझै व्यापक बनाउने योजना रहेको बताइन्।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहिबार  ७ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।