काठमाडौं । काठमाडौंको बौद्धमा एक युवकमाथि खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटाको भेडेटार स्थायी घर भई हाल गोकर्णेश्वर नगरपालिका–७ बस्ने २० वर्षीय आशिष राई र मोरङको उर्लाबारी नगरपालिका–१ घर भई हाल गोकर्णेश्वर–५ जोरपाटी बस्ने १८ वर्षीय शंस्कार मगर रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक…