काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित गुठी संस्थानको जग्गामा अवैध रूपमा बनेका घर टहरा हटाएको छ। शुक्रबार बिहान महानगरले गुठी संस्थानको सहकार्यमा डोजर चलाएर ती टहराहरू हटाएको हो। महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार सो स्थानमा ५ देखि ७ वटा अवैध संरचना निर्माण गरिएको थियो। “हामीले गुठी संस्थानसँगको सहकार्यमै डोजर चलाएका हौँ, ती टहराहरू हटाउने काम…