ललितपुर । ललितपुर महानगरपालिकाले ऐतिहासिक पाटन दरबार क्षेत्रमा आगलागी आपतकालीन सूचना प्रणाली स्थापना गरेको छ। महानगरका मेयर चिरिबाबु महर्जनले मंगलवार एक विशेष समारोहमा उक्त प्रणालीको शुभारम्भ गरे।
मेयर महर्जनका अनुसार, आगलागी वा अन्य विपद्का समयमा तत्काल सूचना प्रदान गरी क्षति नियन्त्रणमा मद्दत पुर्याउने उद्देश्यले यो प्रणाली जडान गरिएको हो। हाल यो प्रणाली परीक्षण स्वरूप सञ्चालनमा आएको छ र सफल ठहरिएपछि ललितपुरका सबै चोकहरूमा विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए।
महर्जनले ललितपुर महानगरपालिकाले विपद् व्यवस्थापनका क्षेत्रमा अन्य नगरपालिकाभन्दा अघि बढेर काम गर्दै आएको दाबी पनि गरे। उनले भने, “यो अहिले डेमोको रूपमा सञ्चालनमा ल्याइएको छ। यसको कार्यक्षमता परीक्षणपछि सफल पाए सबै चोकमा जडान गरिनेछ।”
यसअघि महानगरपालिकाले विपद् वा आकस्मिक गुनासो सुन्न ११३१ नम्बरको टोल–फ्रि सेवा पनि सञ्चालनमा ल्याइसकेको छ।








प्रतिक्रिया