काठमाडौं । शनिबारदेखि सुरु भएको तिहारका अवसरमा करिब छ लाख मानिसहरू काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार यसपटक तिहारको बिदा लामो भएकाले उपत्यका छोड्नेको सङ्ख्या गत वर्षको तुलनामा उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको हो। महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले यात्रुहरूको सहज आवागमनका लागि यातायात व्यवस्थापन मिलाइएको जानकारी दिए। उनले भने,…