२३ चैत्र । मध्यपुर थिमिमा यही चैत २५ गते शनिबार उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुने भएको छ । विगतका वर्ष ओस्ला नेपालले आयोजना गर्दै आएको सो धिमे बाजा प्रतियोगिता यस वर्ष नगरपालिका स्वयंले आयोजना गर्न लागेको हो । प्रतियोगिता श्री श्री श्री विष्णुवीर धिमे बाजा खलःको संयोजनमा हुन लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो…