४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरको यातयात कार्यालयमा आगो लगाउने चौलागाई पक्राउ



भक्तपुर
३ वैशाख । भक्तपुरस्थित मध्यपुर ठिमीमा यातायात कार्यालयमा आगो लगाएको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

प्रहरकिा अनुसार यातयात कार्यालयभित्र रहेको हेल्प डेक्समा आगो लगाएकोे अभियोगमा सिन्धुपालचोक मेलम्ची नगरपालिका १ घर भई हाल भक्तपुर राधेराधे बस्ने ४१ वर्षीय राज कुमार चौलागाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

चौलागाईले मादक पदार्थ सेवन गरी उक्त हेल्प डेक्समा आगजनी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

आगलागीबाट हेल्प डेक्स जलेर करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  १० : ३२ बजे