२५ असार । औषधि व्यवस्था विभागले ललितपुरको पाटन अस्पताल अगाडि रहेको एउटा औषधि पसल सिल गरेको छ। मंगलबार दिउँसो विभागबाट गएको अनुगमनको टोलीले श्रीराम औषधि पसलमा सिल गरेको हो। पाटन अस्पतालमा उपचाररत शंखमुल बस्ने एक बिरामी छन्। २०७९ कात्तिकमा उनको घाँटीमा क्यान्सर देखिएको थियो। उनी किमो गर्न पाटन अस्पताल जाने गरेकी थिइन्। पाटन अस्पतालमा किमो…