ललितपुर । ललितपुर महानगरपालिका–६, पाटन सुन्धारास्थित गल्ली बाटोमा कुटपिट गरी एक युवकको हत्या गरिएको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। घटना २०८२/०९/२६ गते राति करिब ९:३० बजे भएको हो। अज्ञात व्यक्तिहरूले सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका–२ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–६, पाटन सुन्धारामा बस्दै आएका २४ वर्षीय विजय राईलाई कुटपिट गरेको सूचना प्राप्त…