५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं प्रशासनद्वारा हतियार बुझाउन अनुरोध



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सुरक्षा व्यवस्थालाई मध्यनजर गरी व्यक्तिगत रूपमा राखिएका इजाजतपत्र प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ।

काठमाडौंका सहायक प्रजिअ खिमराज भुसालले नजिकको प्रहरी कार्यालय वा प्रहरी इकाइमा लगत रहने गरी यही माघ २० गतेभित्र हातहतियार बुझाउन सम्बन्धित सबैमा जानकारीका लागि सूचना प्रकाशन गरिएको बताए।

साथै, निर्वाचन सम्पन्न भएको एक महिनापश्चात् उक्त हातहतियार लगत कट्टा गरी फिर्ता गरिने पनि काठमाडौं प्रशासनले जनाएको छ। ‘यस सूचनाबमोजिम हातहतियार नबुझाएको पाइए कानुनबमोजिम कारबाही हुने व्यहोरा जानकारीका लागि अनुरोध छ,’ जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनामा उल्लेख छ।

यसैबीच गृह मन्त्रालयले देशभरकै प्रशासन कार्यालयहरूलाई यस्ता हतियार सङ्कलनका लागि निर्देशन दिइसकेको छ। मन्त्रालयले शान्तिसुरक्षाका विषयमा गम्भीर हुन र आवश्यक एकीकृत सूरक्षा रणनीतिका साथ काम गर्नै पनि निर्देशन दिइएको छ। सोही आधारमा प्रशासन कार्यालयहरूले हतियार बुझाउन सार्वजनिक सूचना जारी गरिरहेका छन्।

प्रकाशित मिति : ९ माघ २०८२, बिहिबार  ९ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।