काठमाडौं । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । मंगलबार उनीहरुले आ–आफ्नो निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा २५४ जनाले उम्मेदवारी दर्ता गराएका जिल्ला निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । १ नम्बर निर्वाचन क्षेत्रमा ३०, २ नम्बर क्षेत्रमा २२, ३ नम्बर क्षेत्रमा २४ जनाको…