काठमाडौं । देशभर १० लाख १६ हजार ७ सय ५४ जना मतदाता थपिएका छन्। सोमबार सिंहदरबारमा जारी आसन्न प्रतिनिधिसभा निर्वाचनसम्बन्धी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो जानकारी दिएका हुन्। उनका अनुसार हाल प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलको संख्या ११४ पुगेको छ। २०७९ सालको निर्वाचनमा ८७…