काठमाडौँ । आगामी साता नेपालका प्रधानमन्त्रीको औपचारिक रुपमा पहिलोपटक थाइल्याण्ड भ्रमण हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १९ गतेदेखि पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण गर्नेछन् । थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन उहाँ त्यसतर्फ जाने कार्यक्रम तय भएको हो…