१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तीनकुनेमा सुरक्षाकर्मीले संयमता नअपनाएको भए थप क्षति हुने थियो: गृहमन्त्री



काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत १५ गते तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनमा सुरक्षाकर्मीले संयमता अपनाएको दाबी गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा घटनाबारे जवाफ दिंदै गृहमन्त्री लेखकले तीनकुनेमा भएको राजावादी आन्दोलनमा सुरक्षा निकाय संयम नभएको भए अझ ठूलो क्षति हुनसक्ने बताए ।

उनले भने, ‘संयमता नअपनाएको भए अझ धेरै क्षति हुने थियो, जस्तो आपराधिक गतिविधि भए, त्यसरी नै सुरक्षा निकाय संयम नभएको भए अझ ठूलो क्षति हुने थियो । अराजकता फैलाएर संविधान समाप्त पार्ने गतिविधि भएका थिए भन्नेमा स्पष्ट छु ।’

यस्ता घटनामा सुरक्षा निकायले नियन्त्रण गर्न बल प्रयोग नगरेमा पनि आलोचना हुने र बल प्रयोग गरेर नियन्त्रण गर्न खोजे पनि आलोचना हुने गरेको लेखकको भनाइ थियो ।

हिंसात्मक गतिविधिलाई विषयान्तर गर्न र ढाकछोप गर्नका लागि बल प्रयोग गरेको भनेर चर्चा भइरहेको गृहमन्त्री लेखकको भनाइ थियो ।

तीनकुनेमा भएको प्रदर्शन नेपालको संविधान उल्ट्याउने, राज्यव्यवस्थालाई समाप्त गर्ने उद्देश्यबाट प्रेरित भएको बताए ।

 

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  १ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।