१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


टोखामा प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो चारजना भारतिय नागरिक



काठमाडौं । काठमाडौंको टोखामा गोली चलेको छ । टोखाको ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली चलाएर नियन्त्रणमा लिएका व्यक्ति भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । नीहरुको पूरा परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रहरीले गोली चलाएर दुई भारतीय र थप अरु दुई गरी चार जनालाई नियन्त्रणमा लिएको छ । लागु औषध कारोबारको सूचना पाएपछि ब्यूरोका इन्स्पेक्टर राकेश यादव र बरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थियो ।

उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा दुई प्रहरी पनि घाइते भएका छन् । रवीन्द्र केसी र नवराज घिसिङ पनि घाइते भएका हुन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, मंगलबार  ५ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।