१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रविलाई थुनामा पठाउन उच्च अदालतको आदेश



काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएको छ। यसअघि जिल्ला अदालत रुपन्देहीले रविलाई एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। जिल्ला अदालतको उक्त आदेश बदर गर्दै उच्च अदालतका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले थुनामा पठाउन आदेश दिएको हो।

यस्तै, अदालतले पूर्वडिआइजी छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश पनि सदर गरेको छ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ८ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।