काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले संवैधानिक सम्झौता उल्लंघन गरेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ‘पूर्वराजा ज्ञानेन्द्र शाहले गत ७ फागनुमा आफू अघि बढ्ने भएकाले साथ देउ भन्दै वक्तव्यबाजी गर्नुभयो । त्यसको लगत्तै ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम सुरु गरियो ।…