रामेछाप (मन्थली) १२ भदौ । दोरम्बा पहिरोमा हराइरहेकी विन्दा पहरीको नङ र पालिको आधारमा पहिचान गरिएको छ । मङ्गलबार एक महिलाको बायाँ गोडाको पैतालाको भागमात्र भेटिएपछि हराइरहेका आफन्तसँग अनुसन्धान गर्दा नङ पालिस लगाएको बाङ्गो औलाका आधारमा आफ्नी हराइरहेकी श्रीमती बिन्दा पहरीको भएको उनका श्रीमान् कुमार पहरीले स्वीकार गरेपछि सनाखत गरी परिवारको जिम्मा लगाइएको हो ।…