६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार १७ गते मध्यराति नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको ७ बुँदे सहमति सार्वजनिक गरेका छन्। आइतबार विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले सहमतिका ७ बुँदा वाचन गरेका हुन्। सरकार गठन भएको मितिले पहिलो दुई वर्ष एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने र त्यसपछिको बाँकी अवधि चुनावसम्मै…