चितवन १३ जेठ । मुग्लिङ नारायणगढ सडक खण्डको तीन नम्बर पुलमा बा.२ क ८६५१ नम्बरको स्काभेटर पुरिँदा चालक बर्दिया गेडुवा गाउँपालिका–४ बस्ने ३८ वर्षीय मंगल चौधरीको आइतबार बिहान मृत्यु भएको छ । ईच्छाकामना गाउँपालिका–५ पर्ने यस पुलको लागि पहाड काट्ने क्रममा माथिबाट ढुङ्गा सहितको पहिरो खसेर चालक सहित स्काभेटर पुरिएको थियो । दुर्घटनापछि इलाका प्रहरी…