महेन्द्रनगर (कञ्चनपुर) ७ जेठ । कञ्चनपुरको महाकाली नदीमा दुई दिनदेखि बेपत्ता एक किशोरको शव आज फेला परेको छ । दोधारा चाँदनी नगरपालिका–१७ वर्षीय विष्णु सुनारको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार शनिबारदेखि महाकाली नदीमा बेपत्ता भएका सुनारको शव दोधारा चाँदनी–१० कुतियाकवरस्थित महाकाली नदीमा फेला परेको…